सिमानामा कोरोनाको उच्च जोखिम

धनगढी ,जेठ ११ । कैलालीको त्रिनगर नाकाबाट दैनिक हजारौँको संख्यामा नेपालीहरु स्वदेश भित्रिरहेका छन् । भारतबाट गाडी रिजर्ब गरेर स्वदेश भित्रिरहेका उनिहरु नाकामा पुगेर बढी जोखिममा रहेका छन् । नाकामा हजारौँ भारतबाट आएका ब्यक्तीहरुको कुनै ब्यवस्थापन नहुँदा कोरोना संक्रमणको जोखिम बढेको हो ।

एकै पटक २ हजार बढी नागरिक सिमा नाकामा पुगिरहँदा कोरोना संक्रमणको जोखिम निकै बढेको छ । सुदूरपश्चिमका अन्य नाकाबाट छिटफुट रुपमा मात्रै उद्धार भइरहेपनि त्रिनगर नाकाबाट दैखिक २ देखी ४ हजारसम्मको उद्धार भइरहेको छ । एकै पटक उद्धार गर्दा स्वस्थ मानिसलाइपनि कोरोना संक्रमण हुने सम्भावना बढेको हो । भारतबाट हुलका हुल आइरहेका नेपालीहरुलाई एकै पटक भित्र्याउँदा संक्रमणको जोखिम बढेको स्वयम नेपाल भित्रिने नागरिकहरु बताउँछन् । दार्चुलाको शैल्यसिखर नगरपालिकाका लोकेन्द्र कामी भारतको दिल्लीबाट स्वदेश आउन कैलालीको भिनगर नाकामा पुगेका थिए ।

भारतबाट ३ वटा जिप रिवर्ब गरी १६ जनाको समुहमा उनिहरु नेपाल भित्रिएका हुन् । भारतबाट शुरक्षित आएका उनिहरु नेपाल प्रवेश गर्दा हजारौँको हुलमा आफु असुरक्षित रहेको महसुस गरिरहेका थिए । भारतबाट आएका सबै एकै ठाउँमा हुँदा कोरोनाको निकै जोखिम रहेको कामीले बताए ।
भारतको नासिक सहरबाट आएका डोटीका नवराज जोशीपनि गाडी रिजर्ब गरेर सिमामा पुगेका हुन् । गाउँका केही ब्यक्तीहरु मिलेर गाडी रिजर्ब गरी नाकामा पुगेका उनिहरु नाकामा रहेको भिडभाडले निकै जोखिम बढाएको बताइरहेका छन् । भारतबाट सुरक्षित तरिकाले नेपालसम्म पुगेपनि नाकामा रहेको यो भिडले निकै जोखिम बढाएको जोशिले बताए ।

सरकारले करिब २ महिनासम्म पुर्ण नाका बन्द राखेपनि हाल कैलालीको त्रिनगर नाकाबाट धमाधम भित्र्याउन लागेको हो । एकै दिन २÷३ हजार नागरिक सिमामा पुग्न थालेपनि दुई देशका प्रशासनले समन्वय गरेर उनिहरुलाई उभत्र्याइरहेका हुन् । दुई महिना सिमा सिल गरेर हाल अशुरक्षित तरिकाले स्वदेश भित्र्याइदा सिमा सिल गरेको कुनै उपलब्धी नरहेको स्थानियले बताएका छन् ।

शुरुबाटै थोरै थोरै गरेर नागरिकहरुलाई भित्र्याएको भए यस्तो समस्या झेल्नु नपर्ने कैलाली उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाको भनाइृ छ । अब यसले सुदूरपश्चिममा महामारीको रुप लिन सक्ने ओझाको भनाई छ ।

कैलालीको भिनगर नाकाबाट पाँच दिनमा करिब ९ हजार नेपालीको उद्धार गरिएको छ । जेठ २ गतेदेखि शनिबार सम्म नाकाबाट ८ हजार दुई सय ७९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका अधिकासंलाई सम्बन्धित पालिकामा पठाईएको छ । हालसम्म करिब ९ हजारको उद्धार भएपनि कोरोना परीक्षण निकै कम भएको छ । २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको ¥यापिड र महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । भारतबाटै आएका ४ जनामा कोरोना पुस्टी भइसकेको छ ।
एकै दिन मात्रै ३५ सय नेपाल प्रवेश
कैलालीको त्रिनगर नाकाबाट आइतबार मात्रै करिब ३ हजार ५ सय मानिस स्वदेश भित्रिएका छन् । कोरोनाका कारण रोजगारी गुमाएर आएका उनिहरुलाई नाकामा केहि संघ संस्थाले खाना तथा पानीको ब्यवस्था गरेपनि प्रदेश सरकारको ध्यान त्यसमा जान सकेको छैन् ।

कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दारको काम आइतबार पनि जारी राखिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतका विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भईरहेको हो । उनिहरु लाई लिन केहि स्थानीय तहले सवारी साधनको ब्यवस्था गरेपनि धेरैको अवस्था दयनिय छ । भारतमा रोजागरी गुमाएर समस्यामा परेका नागकिर स्वदेश फर्किए पनि सरकारले उचित ब्यवस्था नगरेको उनिहरुको गुनासो छ ।
संघ संस्था खाना र खाजा खुवाउँदै
सिमानामा अलपत्र परेका नेपालीलाई कैलाली उद्योग वाणिज्य संघले हरेक दिन खाजाको ब्यवस्था गर्दै आएको छ । उद्योग वाणिज्य संघले आइतबार पनि ५० पेटी चाउचाउ र पानीको ब्यवस्था गरेको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुव्ांरले उद्योग वाज्यि संघले हरेक दिन खाजा तथा पानीको ब्यवस्था गर्ने बताए ।

नेपाल आएका नागरिकको स्वास्थ्य परीक्षण नगरीकन भित्र्याइरहेको प्रहरीले जनाएको छ । यसअघि गौरीफन्टा नाकाबाट पाँच दिनमा ८ हजारभन्दा बढि नेपालीको उद्धार गरिएको थियो । उद्धार गरिएका अधिकासंलाई सम्बन्धित पालिकामा पठाईएको छ ।


११ जेठ २०७७, आइतवार १५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु