सामाजिक संजालमार्फत जातीय विभेद गरेको आरोपमा धनगढीमा एक युवा पक्राउ
धनगढी, जेठ ११ । सामाजिक संजालमार्फत जातीय विभेद् तथा छुवाछुत गरेको आरोपमा धनगढीमा एक युवालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । रेडियो डेलीमेलको विहान प्रत्यक्ष प्रशारण हुने कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्ने क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सामाजिक संजाल मार्फत जातीय विभेद् गर्ने धनगढी उपमहानगरपालिका ३ बोराडाडी बस्ने ४० बर्षिय ओमप्रकाश पाण्डेय शुक्रबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यलय धनगढीले पाण्डेयलाई पक्राउ गरेको हो । जातीय विभेद् तथा छुवाछूत गरेको भन्दै जेठ ५ गते पाण्डेय बिरुद्ध जिल्ला प्रहरी कार्यलय धनगढीमा मुद्दा दर्ता भएको थियोे ।
११ जेठ २०७७, आइतवार ०३:४८ बजे प्रकाशित































