punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पश्चिम सेतीकाे खाेजी गर्दै डाेटीमा दिउँसै बालियाे ७५० टुकी

Chaupati
safha napa

धनगढी,जेठ १ । ‘सेती हरायो, सरकार हरायो’ भन्दै डोटीमा दिउँसै ७ सय ५० टुकी बालेर स्थानीयले सरकारको खोजी गरेका छन्।

राष्ट्रिय गौरवको योजना पश्चिम सेती बनाउने तीन दशकदेखिकाे सरकारी आश्वासन पूरा नभएको विराेधमा बोलन्या थलीले सांकेतिक विरोधस्वरुप दिउँसै सडकमा टुकी बालेर सरकारको ध्यानाकर्षण गराएको हो।

दिपायलस्थित सेती नदीमाथि बनेको पक्की पुलमा टुकी बालिएको थियाे। ‘यसपालिको बजेटमा पनि पश्चिम सेती किन समेटिएन? पश्चिम सेती योजना किन हरायो? सरकार कहाँ हरायो?’ भन्दै सरकार तथा योजनाको खोजीमा ७ सय ५० टुकी बालेर सरकारको खोजी गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

नेताहरुले चुनावी मुद्दाका रुपमा मात्रै पश्चिम सेती योजनालाई प्रयोग गर्ने गरिएको बताउँदै जोशीले हरेक सरकारले पश्चिम सेती बनाउने आश्वासन मात्रै दिने गरेको बताए।

‘सुदूरपश्चिमबाट धेरै जना मन्त्री प्रधानमन्त्री भए तर, कसैले पहल गरेन, सरकारमा रहेका नेताहरुले योजनाबारे रणनीतिक समन्वयकारी भूमिका खेल्न सकेका छैनन्’ जोशीले भने, ‘संसदमा यो विषय नै उठाइएको छैन।’

आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ? आजको रोगलाई त जिताैंला भोलिको भोकलाई के गरौंला? रिभर्स माइग्रेसनको व्यवस्थापन गरौं भन्ने नारा सहित बोलन्या थलीले यसअघि पनि पश्चिम सेती निर्माणका लागि विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

नेपाली कांग्रेस डोटीका सदस्य जित खड्काले राष्ट्रकै गौरवको योजना पश्चिम सेतीलाई प्राथमिकता दिनुपर्ने बताए।

कार्यक्रममा डोटीका राजनीतिक दल, उद्योग व्यवसायी, बिद्यार्थी संगठन, नागरिक समाज लगायतले ऐक्यबद्धता जनाएका छन्।


१ जेठ २०७७, बिहीवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु