punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस

Chaupati
safha napa

काठमाडौं,बैशाख २१। आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै छ । यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ नारासहित यो दिवस मनाइँदैछ ।

सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यसवर्ष कोरोना भाइरसको प्रकोपका कारण सरोकारवाला संस्थाले कुनै कार्यक्रम राखेका छैनन् ।

यद्यपि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन-प्रसारणमार्फत विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन् ।

प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूलाई सम्मान गर्दै यो दिवस विश्वभरि मनाइन्छ ।

नेपाल पत्रकार महासङ्घले २०५६ सालदेखि नेपालमा हुने प्रेस स्वतन्त्रता हननका घटनाहरूकोे अभिलेखीकरण गर्दै आएको छ।

नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासङ्घले जनाएको छ ।


२१ वैशाख २०७७, आइतवार ०६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु