punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा अलपत्र परेका नेपालीको एउटै गुनासो : ‘सरकार हामीलाई उद्धार गरिदिनुस्’

Chaupati
safha napa

धनगढी,बैशाख २१ ।

लामो समयसम्म जारी लक डाउनका कारण भारतका बिभिन्न शहरहरुमा रहेका नेपाली हरू अलपत्र परेका छन् । भारतका विभिन्न सहरहरूमा काम गर्दै आउनु भएका नेपालीहरू एक्कासि लकडाउन हुँदा अलपत्र परेका हुन । विशेष गरी होटेल तिर काम गर्ने र नेपाल बाट उपचार गर्न भनी गएका नेपालीहरू अलपत्र मा परेका हुन ।

लकडाउन सुरु भएको १ महिना सम्म आफूहरूले पहिला आफू सङ्ग भएको रकम ले रासन किन्दै काम चलाएको भए पनि हाल भने आफूहरू सङ्ग पैसा पनि नभएको ,र कोही कसैले पनि राहत नदिएको भारतको हरियाणामा अलपत्र अछामका शिवराज भण्डारीले बताए ।

राहत दिन्छौ भन्दै करिब १० जना जतिले लिस्ट लिएर गएपनी कहीँ कतै बाट राहत न आयको उनको दुखेसो छ । आफू अलपत्र अवस्थामा रहेको बारे भारत स्थित विभिन्न सङ्घ सस्थाहरुलाई खबर गरेको भएपनी कहिकसैले पनि वास्ता नगरेको बताए ।

आफूहरू करिब १ सय ५० जना जति अलपत्र मा रहेको भन्दै नेपाली राजदूतावास मा पटक पटक फोन गर्दा पनि राजदूत ले फोन नै रिसिभ नगर्ने गरेको उनले बताए । त्यस्तै मध्ये प्रदेश को नागदा मा करिब १४ जना नेपाली अलपत्र परेका छन् ।

लकडाउन का कारण व्यापार ब्यावसाय बन्द हुँदा मालीक ले तलब नदिँदा एक छाक टार्न समेत मुस्किल भैँ रहेको नागदा मा अलपत्र लक्ष्मण भुलले बताए ।

भएको पैसा जति एक महिनामै सकियो अब के खाने गर्ने निकै चिन्ता बढेको छ उनले भने सरकार भोकै मर्नु परे आफ्नै देशमा मर्छौ नेपाल आउने वातावरण बनाउनु पर्‍यो ।

राहतका लागि विभिन्न ठाउँमा खबर गरेको भए पनि कोही कसैले पनि राहत नदिएको उनले बताए ।आफू करिब ४५ दिन मात्र उपचार गर्नको लागि भारत पुगेको बताउँदै भुलले भने उपचार त परै जावस बाच्न नै मुस्किल भएको दुखेसो पोखे ।

हामीलाई सरकार ले नेपाल आउने वातावरण मात्र बनाइदिनु पर्‍यो हामी क्वारेन्टाइन मा जति पनि बस्न तयार छौ भोकै मर्नु भन्दा आफ्नै देशको एक गिलास पानी खाएर मर्छौ उनले भने । तर नेपाल सरकार ले भने हरेक नेपालीहरू जो जहाँ भए पनि सुरक्षित बस्न भन्दै तत्काल नेपाल ल्याउन नसकिने बताएको छ ।

भारतको मुम्बई, बैग्लोर, पञ्जाव, तमिलनाडु, तेलांगाना, जम्मु कश्मिर, दिल्ली, सुरत, ईन्दौर, कर्नाटक, मद्रास लगायतका शहरहरुमा लकडाउनमा फसेका लाखौ नेपालीहरुले नेपाल सरकारसंग उद्दारका लागि निरन्तर आग्रह गरिरहेका छन् ।

मुम्बईको मलाडमा रहेका प्रेम खड्काले नेपालीहरु लकडाउनका कारण मुम्बईमा रहेका नेपालीहरु बेराजगार भएकोले भोकभोकै बस्न बाध्य भएको बताए ।

नेपालीहरुले सामाजिक सञ्जाल मार्फत निरन्तर रुपमा सरकारलाई उद्दारका लागि आग्रह गरिरहेका छन ।दिल्लीमा रहेका दार्चुलाका महादेव भट्टले पनि फेसबुक मार्फत अलपत्र परेका नेपनलीको उद्धार गरिदिन सरकारलाई आग्रह गरेका छन ।


२१ वैशाख २०७७, आइतवार ०६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु