punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जलेर नष्ट

Chaupati
safha napa

ताप्लेजुङ,बैशाख २० । ताप्लेजुङको फुङलिङ नगरपालिका ५ मा शुक्रबार राति भएको आगलागीमा ७ वटा घर र ५ वटा घुम्ती जलेर नष्ट भएका छन्।  राति साढे १० बजे देवी भट्टराईको घरमा सञ्चालनमा रहेको भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगो वरपरका सात घर र पाँच वटा घुम्तीमा फैलिएको हो। 

आगलागीमा छिमेकी नेत्र कार्की, खेम केसी, खड्ग थापा, चन्द्रमाया लोहार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा सञ्चालनमा रहेका होटल तथा लजहरु पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

यस्तै, विनिता बिष्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्दशान्ति काउण्टरको घुम्तीसमेत जली पूर्णरुपमा नष्ट भएको छ। आगलागी कसरी सुरु भएको खुल्न सकेको छैन।

आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा शनिबार बिहान पौने ५ बजेमात्र पूर्ण नियन्त्रणमा आएको थियो। आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।


२० वैशाख २०७७, शनिवार ०३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु