नेपालमा थप दुईजनामा कोरोना पुष्टि , संक्रमितको संख्या ५४ पुग्यो
रौतहट,बैशाख ,१६ । रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। रौतहटको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय २ जना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए।
कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा राखेर बैशाख ६ गते घर फर्काइएको थियो।
प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
अर्का संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन्। उनी दिल्लीबाट नेपाल आएका थिए।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।
१६ वैशाख २०७७, मंगलवार ०७:२० बजे प्रकाशित













