punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निसंक्रमण गरेर मात्र सवारी साधनलाई भक्तपुर प्रवेश

Chaupati
safha napa

भक्तपुर,बैशाख १४ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुर जिल्लामा प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमण गरेर मात्र प्रवेश गराइएको छ । जिल्लाको मुख्य नाका साँगा र जडिबुटीमा सवारी साधनलाई स्यानिटाइज् (निर्मलिकरण) गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले तीन सातादेखी निरन्तर रुपमा भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमित गरेर मात्र प्रवेश गराइरहेको छ । रेडक्रस भक्तपुर शाखाले जिल्लाभित्रका उपशाखालाई दैनिक जिम्मेवारी प्रदान गरी गाडी स्यानिटाइज् गरिरहेको छ । काठमाडौँबाट भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई जडिबुटी र काभ्रेबाट भक्तपुर प्रवेश गने सवारी साधनलाई साँगामा निसंक्रमित गरी प्रवेश गराउने कार्य गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी नगरकोट उपशाखाको नेतृत्वमा सयौं गाडी तथा मोटरसाईकल, एम्बुलेन्स, अत्यावश्यक वस्तु वोक्ने सवारी साधनहरुलाई स्यानिटाइज गरिएको छ । उपशाखा सभाापति सोम शर्मा बजगाईको नेतृत्वमा भएको स्यानिटाइज् गर्ने कार्यमा उपसभापति कल्पदिप खड्का, सचिव श्रीराम लामिछाने, कोषाध्यक्ष हरिशरण वास्तोला, विपद् व्यवस्थापनका संयोजक विजय लामिछाने, कार्यसमिति सदस्य दिवाकर मुनंकर्मीसहितको टोलीले डिसइन्फेक्टेड औषधी छर्किएको हो ।

सोडियम हाईड्रो फ्लोराईट औषधीको प्रयोग गरी गाडीलाई निसंक्रमित गरिएको उपशाखाका सभापति बजगाईले जानकारी दिनुभयो । एक लिटर सोडियम फ्लोराईटमा १५ लिटर पानीको प्रयोग गरि निसंक्रमण गरिएको उहाँले जानकारी दिनुभयो ।


१४ वैशाख २०७७, आइतवार १५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु