punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कविता : नारी हुँ म

Chaupati
safha napa

वंश बढाउन मलाई भित्र्याइएको हो
भुलेर मैले छोरी जन्माउन हुँदैनथ्यो ..
आमाको हृदयभेदी व्यथा
यो मन मस्तिष्कमा आलै छ आजपनी ।

बिहेपछी “आमा ”
महिनावारी नै नभई जन्मिएकी
म छैटौं सुपुत्री
मेरो नाभिको आन्द्रो नखस्दै
मेरी आमालाई
मेरा पाँच दिदी सहित
नाडीमा समातेर घिसार्दै घरबाट निकालियो

मलाई काखी च्यापेर
घिस्रदै घिस्रदै गाउँ टोलमा भिख माग्न बाध्य
आमाका ती हातहरुले
छैटी को रात
झुपडी भित्र रुँदै
मेरो निधार छोएर
शुभ आशीर्वचनमा
पक्कैपनि “सौम्यदर्शन” लेखिदिएको हुनुपर्छ
उच्च कुलघरानको शोभा बनेँ म
रत्न जडित जेवरहरुमा सजिएर
महंगा पहिरनमा बेरिएर
वासनायुक्त लाली मा पोतिएर
अतिथिका र छरछिमेक क आँखामा
मुस्कुराउनु मेरो धर्म बन्यो

म परिकार हुँ
चाहँदा बिछियर
मिचियर
थिचिएर
कुटिएर
तृप्ति दिने
र नचाहँदा
आफैं पन्छिनु पर्ने
खुम्चिनु पर्ने
घाइते छ मुटु
रगताम्य छ मस्तिष्क
अहँ मैले आँखा रसाउनु हुँदैन
यी पाउ लरखराउनु हुँदैन

इच्छा हरुको सिरानी
भावना हरुको डसना लाई
तोकाइ को बलियो धागोले तगेर
मुस्कुराउने इजाजत छ मलाई

हो,
यहि एउटा
मुस्कान मात्र स्वतन्त्र छ
बाँकी त नारी हुँ म
यसै समाजकी ।।
संगी अधिकारी पोख्रेल


२५ फागुन २०७६, आइतवार ०३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु