मृतकलाई उचित क्षतिपुर्तिकाे माग गर्दै बेलाैरी नगरपालिका घेराउ
बेलौरी : टिपर चालकलाई कारबाहीको माग र मृतकलाई उचित क्षतीपुर्तीको माग गर्दै आईतवार बिहानै मृतकका आफन्त तथा स्थानियले बेलौरी नगरपालिका घेराउ गरेका छन ।
स्थानियले नाराबजी गर्दै बेलौरी बजार तथा यातायात समेत बन्द गराएका छन । सथानियहरूले बेलौरी देखि महेन्द्रनगरका लागि हिँडेको म.१ख ५२७ नम्बरको बसमा समेत तोडफोड गरेका छन । भिड नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
शनिवार दिउँसो बेलौरी नगरपालिका ४ रिछाहाका ९ बर्षिया बालक आकाश रानालाई म १ ख ८४९ नम्बरको टिप्परले ठक्कर दिएको थियो । घटना लगत्तै मृतक बालकका आफन्त तथा स्थानियले टिप्पर आगजनी गरेका थिए ।
टिप्परमा लगाएको आगो भने प्रहरीले नियन्त्रयणमा लिएको थियो । भीडलाई शान्त पार्न इलाका प्रहरी कार्यालय बेलौरीले चार राउण्ड हवाई फायर समेत गरेको थियो ।
फरार रहेको टिप्पर चालकको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक रण बहादुर चन्दले बताए ।
२५ फागुन २०७६, आइतवार ०५:४६ बजे प्रकाशित