देशैभरिका क्याम्पसहरु स्ववियु पदाधिकारी विहीन

काठमाण्डौ : बुधवारदेखी देशैभरिका क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । फगुन १४ गते बुधवार हुने भनिएको स्ववियु निर्वाचन हुन नसकेपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो ।

त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियु पदाधिकारीको पदावधि आजदेखि सकिएको जानकारी दिए। ’प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ र छ महिना गरी दुई पटक पदावधि बढाएका थियौं’, उनले भने, ’तर आज हुने भनिएको निर्वाचन विद्यार्थी संगठनका कारणले हुन नसकेपछि ती निर्वा्चित पदाधिकारीको पदावधि सकिएको छ।’

विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय ( त्रिवि) कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले बुधवारको लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो ।

विसं २०७३ मा २२ आंगिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्यसो त त्रिविका ६२ आंगिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन।

जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियु पदाधिकारीविहीन भएका छन्। प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धा्रित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ।


१५ फागुन २०७६, बिहीवार ०२:३६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु