रवीन्द्र अधिकारीसहित सातजनाको हेलिकप्टरमा निधन भएको एक वर्ष पूरा

काठमाण्डौँ : तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको बिहीबार एक वर्ष पुगेको छ । गएको वर्ष फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा तत्काली पर्यटनमन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो ।

ताप्लेजुङ्गको प्रशिद्ध तिर्थस्थल पाथिभरा दर्शन गरी तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो।गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको विमान दुर्घटनामा निधन भयो । तस्बिरः बर्षा शाहरदेश सञ्चार

२०२६ साल वैशाख १२ गते कास्कीको भरतपोखरी ९ मा रवीन्द्र अधिकारीको जन्म भएको थियो । अनेरास्ववियुबाट राजनीति सुरु गरेका अधिकारी कास्कीबाट पछिल्लो तीनपटकको निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

२०६४ र २०७० सालको संविधानसभा तथा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचित भएका थिए । अधिकारीको निधनपछि भएको उपचुनावमा कास्की–२ बाट उनकी श्रीमती विद्या भट्टराई विजयी भइन् ।


१५ फागुन २०७६, बिहीवार ०३:०३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु