लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार
काठमाडौं : सरकारले भारतद्धारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ ।
भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्मकुमारी अर्यालले भारतद्धारा मिचिएको लिम्पयाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् ।
नेपालको हालको नक्सामा भारतद्धारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ नकसा तयार पारेको हो ।
नेपालको नक्सामा ती भूमिलाई समावेश गरी मिचिएको भूमि फिर्ता गर्ने अभियानमा सरकार अघि बढेको भूमि व्यवस्थामन्त्री अर्यालले बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापनी नेपाली भूमि नै भएकाले त्यसलाई फिर्ता गर्ने विषयमा भारतीय पक्षसँग कुटनीतिक पहल थालिएको बताउँदै आएका छन् ।
सरकराले तयार पारेको यो नक्सालाई संघ, प्रदश, स्थानीय तहका सै कार्यालय तथा विद्यालयमा पठाउने तयारी गरिएको छ ।
१५ फागुन २०७६, बिहीवार ०२:२३ बजे प्रकाशित