राष्ट्रपति भण्डारीद्धारा विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन
धनगढी : सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ ।
महोत्सवको बुधबार एक भव्य कार्यक्रमका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन । राष्टपति भण्डारीले पानसमा दियो जलाएर महोत्सवको उद्घाटन गरेकी हुन ।
फागुन २० गतेसम्म संचालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयहरुमा सत्रहरु हुनेछन् ।
पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराइ, लोकेन्द्रबहादुर चन्द, उद्योग मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायत नेताहरु राजनीति, विकासलगायत विषयका वक्ताका रुपमा रहने छन् ।
१४ फागुन २०७६, बुधवार ०९:४९ बजे प्रकाशित