“प्रथम सुदुरपश्चिम खाना महोत्सव” सुरु

धनगढी : धनगढीमा बुधबार “प्रथम सुदुरपश्चिम खाना महोत्सव” को उदघाटन गरिएको छ । पन्चकन्याद्वारा प्रदेशको नौ जिल्ला झल्काउने गरि राखिएका नौ ओटा पानसमा दियो प्रज्ज्वलन गरि महोत्सवको उदघाटन गरिएको हो ।

फागुन २० गतेसम्म संचालन हुने प्रथम सुदुरपश्चिम खाना महोत्सवमा सुदुरपश्चिम प्रदेशमा पाइने विभिन्न खानाका स्टलहरु राखिएको आयोजक होटेल ब्यबसायी संघका अध्यक्ष कलम बमले जानकारी दिए ।

उनले यहाँ रैथाने खाना देखि खानाका पारखिहरुका लागि विभिन्न खानाका स्टलहरु रहेको बताए । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्टलहरु रहेको महोत्सवमा ग्लोबल नेप्लिज सेफ फेडरेसनद्वारा ७०० लिटर अटाउने कराइको भाडोमा सुदुरपश्चिमेली परिकार फाडो पकाइने आयोजक होटेल ब्यबसायी संघ कैलालीका अध्यक्ष बमले बताए ।


१४ फागुन २०७६, बुधवार ०९:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु