कविता : गुलाबहरुको बिद्रोह

गुलाबहरुले बिद्रोह गरे भने
जति लगाए पनि मालीले
उ फुल्नै छोड्यो भने
प्रेम दिवस र गुलाबको सम्बन्ध रहिरहन्छ
वा
एकादेशको कथा जस्तो हुन्छ

प्रेम दिवस गुलाब र एक जोडी प्रेमी
प्रेमीको प्रपोज घुडा टेकेर आफ्नी प्रेमीकालाइ
युल यु बी माइ भ्यालेन्टाइन ?
संसार कै भाग्यमानी सोच्छे
धर्तिमा उ जत्तिको
सुन्दर कोहि छैन उस्कोलागी र उस्ले र जवाफ दिन्छे एस

प्रेम दिवस प्रेमी र प्रेमीका बिच पुल बनेको गुलाब
अब उनिहरुको टेवलमा हुन्छ र
प्रेमका वार्तालाप सुन्दै सुन्दै मुस्कुराउछ
र बिस्तारै उस्का पंखुडीयाहरु चुडिन थाल्छ्न

मानौ उ खेलौना हो ती जोडीको लागि र
चुपचाप उस्ले जता फ्याक्यो त्यतै मुस्कुराउनु पर्ने
जति जति चुडिन्छ त्यति त्यति नै फूल्नु पर्ने
उ जस्का लागि चुडिन्छ उस्को पनि सम्बन्ध
हमबिस्तर भए पछि
सकिन्छ

कस्तो चलन छ दुनियामा
आफ्ना खुशीका लागि
अरुको बलि चडाएर खुशी हुनेहरु छ्न
र फेरि आदर्श छाट्छ्न तिनै
न चुड्नु हेर कोपिला न टिप्नु पाप लाग्दछ

गुलाब उ सोचेर हैरान भै सकेको हुन्छ
कसैको प्रेम फुलाउन बर्शौ देखि चडिरहेको छ बली
न फुलेका फुल मुस्कुराउन पाए जिन्दगी भर
न उ आफै झर्न पायो आफ्नै डाली र बोट मुनि
त्यसैले
अब उ बिद्रोह गर्न चाह्न्छ
न फुल्ने
फुल्दै नफुले पछि चुडिनु पर्दैन
र उस्ले जोडेका सम्बन्धहरु पनि छुटिएको हेर्नू पर्दैन !!

लेखक : रमा भट्टराई


२५ माघ २०७६, शनिवार ०७:०२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु