पानीमा डुबेर बालकको मृत्यु

कैलाली : कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा घोडाघोडी नगरपालिका वडा नम्बर ७ बस्ने पंकज चौधरीका १९ महिनाका छोरा आरम्भ चौधरी रहेका छन् ।

घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर बालक आरम्भ घाइते भएका थिए । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्ष दक्ष कुमार बस्नेतले बताए ।


१३ माघ २०७६, सोमवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु