फेरि धनगढीबाट ११ जना जुवाडे पक्राउ

कैलाली : कैलाली प्रहरीले एक लाख ४७ हजार पाँच सय रुपैयाँसहित फेरि धनगढीबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ को विशालनगरस्थित तपोवन होटलबाट जुवाडेहरुलाई पक्राउ गरिएको हो ।

जुवातास खेल्ने र खेलाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी नायब निरीक्षक दक्षकुमार बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय महोद सफिर, ३२ वर्षीय विकास मल्ल, ४३ वर्षीय दिलन राना, ३५ वर्षीय दिपक चन्द रहेका छन् । यसैगरी, तपोवन होटलका साहु ४९ वर्षीय डबलबहादुर मल्ल, ५३ वर्षीय जनकबहादुर मल्ल, २८ वर्षीय नरेश भट्ट, ३३ वर्षीय नरेन्द्र मल्ल, २० वर्षीय लोकेन्द्र मल्ल, ४० वर्षीय रमेशबहादुर कार्की र ५० वर्षीय धनजित धामी रहेका छन् । प्रहरीले आइतबारराति धनगढी उपमहानगरपालिका–३ बाटै २२ लाख ८२ हजार रुपैयाँसहित १६ जना जुवाडेलाई पक्राउ गरेको थियो ।


१३ माघ २०७६, सोमवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु