punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फागुन ७ देखि प्रदेशस्तरीय कञ्चनपुर पर्यटन महोत्सव

Chaupati
safha napa

कञ्चनपुर : कञ्चनपुर उद्योग बाणिज्य संघले फागुनमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना गर्ने भएको छ।

उद्योग बाणिज्य संघले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै फागुन ७ देखि १७ गतेसम्म महोत्सव आयोजना गर्ने जनाएको हो। कृषि, पर्यटन, व्यापार, संस्कृति प्रवर्द्धनका लागि विगतदेखि आयोजना गर्दै आएको महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको उद्योग बाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल बताए।

‘उद्योग बाणिज्य संघले २०५७ सालमा पहिलो पटक महोत्सवको आयोजना गरेको थियो,’ उनले भने,‘त्यसपछि प्रत्येक वर्ष शिवरात्रीको अवसर पारेर मेलाको आयोजना गर्दै आएका छौं।’ उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सवमा सरकारले मनाइरहेको पर्यटन वर्ष २०२० र स्थानीय सरकारले पर्यटन वर्षलाई सफल बनाउनका लागि अवलम्बन गरेका सम्पूर्ण नीतिलाई अंगीकार गरिने अध्यक्ष मल्ल बताए।


१३ माघ २०७६, सोमवार ०५:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु