राष्ट्रिय सभा निर्वाचन : सुदुरपश्चिममा नेकपाका उम्मेदवार बिजयी


धनगढी, माघ ९ , राष्ट्रिय सभा निर्वाचनमा सुदुरपश्चिम प्रदेश बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार  विजयी भएका छन्। एक महिला र एक अन्य गरी दुईजनाका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट शारदा भट्ट र तारमान स्वाँर विजयी भएका हुन।  

महिलातर्फको उम्मेदवारमा शारदा भट्ट विजयी भएकी छन्। भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएकी हुन्। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकि उम्मेदवार तुलसी देवकोटाले १ हजार ८ सय ५४ मत प्राप्त गरेकी छन्। देवकोटाले भन्दा भट्टले १ हजार ८ सय ८४ मतले विजयी भएकी हुन्। 

यस्तै अर्का उम्मेदवार नेकपाकै तारमान स्वाँर विजयी भएका छन्। उनले ३ हजार ७ सय २० मत प्राप्त गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रताप ठगुन्नाले १ हजार ८ सय ४२ मत प्राप्त गरे। ठगुन्नाले भन्दा स्वाँरले १ एक हजार ८ सय ७२ मत बढी ल्याएर विजयी भएका हुन्।


९ माघ २०७६, बिहीवार १६:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु