क्षयरोग अनुसन्धान केन्द्र उद्घाटनका लागि बेल्जियमकि राजकुमारी कैलाली आउदै

\
माघ ३,
काठमाण्डौं – बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद आगामी हप्ता नेपाल आउने भएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राजकुमारीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्नेछिन् ।

आफ्नो एक हप्ता लामो भ्रमणका क्रममा अस्त्रिद कैलाली, नवलपरासी र चितवन समेत पुग्ने मन्त्रालयले बताएको छ । कैलालीको गोदावरी नगरपालिकाको ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रदेश ब्यबस्थापन तथा अनुसन्धान केन्द्र स्थापना भएको छ । उक्त अनुसन्धान केन्दको उद्घाटन गर्न राजकुमारी एस्ट्रिड कैलाली आउने भएकी हुन । उनले नवलपरासीको मध्यविन्दु अस्पतालमा पनि यस्ता बिरामीलाई भेट्नेछिन् ।

यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । राजकुमारी अस्त्रिद बारुदी सुरुङ विरुद्धको अभियानमा पनि सक्रिय छिन् ।

सरकारले यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने र सहकार्य थप विस्तार हुने आशा राखेको छ । आफ्नो भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते शनिबार फर्कनेछिन् ।


३ माघ २०७६, शुक्रवार १२:४० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु