कविता – सागर र समाज
✍️अर्पणा केसी
रातो राम्रो
गुलियो मिठो
नलाग्ने को होला र?
हासी खुशी
सुख सुबिधा सम्पन्नतामा
रमाउने रहर कस्लाई नहोला र?
उज्यालोको प्रतीक्षामा दिनभरीको थकान
रातमा बिसाउदै
नौलो बिहानी पर्खीने को नहोला र?
सुन्दर जिवनलाई
माटोको भाडो जस्तै फुटाउने
चरक्क चर्केको शिशा जस्तो
बनोस् भन्ने कस्लाई हुन्छ र?
उखुबारीमा अस्मिता लुटाउदै
कोपिला मै ओईलिन को चाहान्छ र?
आफ्नाहरुको न्यानो काख छोडेर
घर बारी बन्दकी राखी
रहर र सपना काखी च्यापेर खुशी उपहार लिन
बिदेशीएको परदेशीलाई
बाकसमा फर्किन मन कस्लाई हुन्छ र?
राम्रा र असल बनुन आफन्त जति
बिग्रीयोस भत्कियोस नासीयोस भासियोस
भन्ने लाग्छ र ?
दुख सुख हार जित असल खराब
सफलता असफलता हुन्छ सबैका जीवनमा।
आँशुहरुसँग बगेर
बाधाहरुसँग लडेर
उभिएर अलिकती के हास्न खोज्दै थिए
पछाडि यहीँ समाजले भन्दै रहेछ
छोरी मान्छेले धेरै हास्न हुन्न
त्यसैले मैले दाँत देखाएर हास्नै सकिन।
हो यस्तै हुन्न हुन्न भन्दै गर्दा नि
होस् होस् भन्दै गर्दा
सबै बिपरित बिपत्ति आधी तुफान
बाधा ब्यबधान
विनाश मात्रै भइ दिएँ
त्यसैले
निश्चिन्त निर्धक्क निस्फीक्री
नहोस् ,होईन भन्ने बिर्सेर
जिन्दगीसँग छाती तेर्साएर
सिना ठोकेर
तर्दैछु सागर
जे सुकै होस् भन्न थालेकी छु
पर समाज उभिएकै छ त।
२२ मंसिर २०७६, आइतवार ०९:११ बजे प्रकाशित