ट्रकको ठक्करबाट विद्यार्थी घाइते कोहलपुर तनावग्रस्त

२२ मंसिर – ट्रकको ठक्करबाट विद्यार्थी घाइते भए पछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गत हाइस्कुलमा आइतबार बिहान ना.२ख नम्बरको ट्रकले ठक्कर दिँदा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१२ वर्षीया प्रकृति चन्द घाइते भएकी हुन

उनको दुबै खुट्टा ट्रकले किचेको छ । उनीलाइ ट्रकले किचेपछी विद्यार्थीको समूहले ट्रकमा आगजनी गरेका थिए ।आगजनीमा विद्यार्थी उत्त्रे पछि स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा सो सडक खण्ड भएर चल्ने दर्जनौँ सवारीसाधन बीचसडकमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका छन् । विद्यार्थीले सडकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही विद्यार्थी नियन्त्रणमा लिएको छ भने केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।


२२ मंसिर २०७६, आइतवार ०९:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु