प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका देउवा नभेटि फर्के

काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्य स्थिति बुझ्‍न अस्पताल पुगेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई भेट्न पाएनन् ।

संक्रमणको जोखिम हुनसक्‍ने बताउँदै ओलीसँग भेट्नका लागि तत्काल कठिन रहेको बताएपछि देउवा नभेटीकन फर्केका छन्। देउवाले ओलीका आफन्त र चिकित्सकसँग भेटेर ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

अस्पतालबाट बाहिरिने क्रममा देउवाले संक्रमणको जोखिमका कारण ओलीसँग भेट्न नपाए पनि सहयोगी र चिकित्सकसँग कुराकानी गरेको बताए । देउवाले ओलीको स्वास्थ्यमा निरन्तर सुधार भएको र बाहिर हल्ला भएजस्तो अवस्था नरहेको जानकारी आफूलाई चिकित्सकहरुले दिएको संचारकर्मीसँग बताए।

संक्रमणको जोखिम हुने भएकाले बाहिरी भेटघाटका लागि चिकित्सकले अनुमति नदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने, ‘चिकित्सकले नै अनुमति नदिएकोले भेटघाट नभएको हो।’साभार :अन्नपूर्ण पोष्ट


११ मंसिर २०७६, बुधवार ०७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु