मन्त्री बोहराले लगाए पुजालाइ रोजगारमा


८ मसिर, काठमाडौं
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर वोहराले बैतडीकि बलत्कारमा परेकी पुजा बोहरालाइ आर्थिक सहयोग गर्नुका साथै एक कम्पनिमा रोजगारी लगाइदिएका छन ।
हाल काठमाडौंमा आर्थिक अवस्था कमजोर भइ जिबिकोपार्जन गर्न समस्या भएको थाहापाएपछि मन्त्री वोहराले पुजालाइ आर्थिक सहयोग गर्नुका साथै रोजगारी लगाइ दिएका हुन ।
२०६८ सालमा एसएलसी दिन जादा बलात्कारको सिकार भएकी पुजालाइ सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।


८ मंसिर २०७६, आइतवार १२:१८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु