डोटी मालपोत कार्यालय द्वारा अनलाइन सेवा सुरु

डोटी : जिल्ला मालपोत कार्यालय डोटीले अनलाइन सेवाबाट लालपुर्जा दिन शुरु गरेको छ ।उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए ।

पहिलो सेवाग्राही भएकी शाहीसहित जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई दोसल्ला ओढाएर सम्मान गरेको मालपोत कार्यालयले जनाएको छ । अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशको ९२ औँ सरकारी कार्यालय हो ।

सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवाबाट शुरु गरिएको र यसलाई जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने छ । अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजश्वबारे हिसाब गर्न सक्ने र कारोवार भएमा यसको जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको छ ।


११ मंसिर २०७६, बुधवार ०७:५८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु