जिआईजेड परियोजना कार्यान्वयन कार्यालयको उद्घाटन

धनगढी । जिआईजेड परियोजना कार्यान्वयन कार्यालय मंगलबार धनगढीको तारानगरमा उद्घाटन गरिएको छ ।
कार्यालयको जिआईजेडका कन्ट्री डाईरेक्टर गिजेला र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कार्यालय उद्घाटन गरेका थिए । जिआईजेडले सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीयतहमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना लागु गर्दै छ ।
नेपाल र जर्मन सरकारबीच दिगो आर्थिक विकास क्षेत्र अन्तगर्तत २०१८ सेप्टेम्बरमा बर्लिनमा दुबै देशबीच भएको सहमती अनुसार नेपालमा परियोजना सञ्चालन सञ्चालनमा आएको हो । सोही सहमती अनुसार जिआईजेडको सहयोगमा यो परियोजना प्रदेश नम्बर ५, कर्णाली प्रदेश ६ र सुदूर पश्चिम प्रदेशमा ११ वटा नगरपालिका र उपमहानगरपालिकामा परियोजना सञ्चालन गरिने जानकारी दिए । प्रदेश सरकार र स्थानीय सरकारका नगरपालिकाहरुमा आर्थिक विकास एवं छनौट भएका मूल्य श्रृंखला प्रबद्र्धनका लागि आवश्यक संरचनाहरुको अवस्थामा सुधार गर्ने उद्देश्य रहेको परियोजनाको अबधि १ जुन २०१९ देखि ३१ मे २०२२ तीन वर्षको रहेको छ ।
जिआईजेडका कन्ट्री डाईरेक्टर गिजेलाले प्रदेशको समृद्धीका लागि यस परियोजनाबाट सहयोग पुग्ने बताईन । नेपालमा २०७२ का जारी भएको संविधानले संघियतामा आधारीत शासकिय स्वरुप दिएको छ गिजेलाले भनिन् , नेपालको संविधानको मातहतमा रहेर यो परियोजनाले काम गर्ने छ । परियोजनाले सुुदूरपश्चिमको आर्थिक विकासका बिविध क्षेत्रहरु, बैकल्पीक उर्जाको क्षेत्रमा काम गर्ने बताईएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यस परियोजनाले अन्य प्रदेश भन्दा धेरै यस प्रदेशका स्थानीयतहहरु छनौटमा पारेको भन्दै जिआईजेडको टिमलाई धन्यवाद दिए । साझेदार निकायहरु हाम्रा मित्रहुन भन्ने कुरालाई हामीले आत्मसाथ गरेका छौं नगरप्रमुख वडले भने, सोही अनुसार मित्रवत सहकार्य रहन्छ ।


१४ असोज २०७६, मंगलवार १६:१५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु