प्रहरी युग सुहाउँदो बन्नुप¥यो ः मुख्यमन्त्री भट्ट

धनगढी,
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अब प्रहरी संगठन युग सुहाउँदो बन्न जरुरी रहेको बताएका छन्् । ६४ औं प्रहरी दिवसको अवसरमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको हुन्् । मुख्यमन्त्री भट्टले बिगतभन्दा अपराधीको सङ््ख्या बढ््दै जाँदा अब अपराध अनुसन्धानमा नयाँ प्रविधि अपनाउन जरुरी रहेको बताए ।
देश विकासमा अघि बढेसंगै अपराधिक क्रियाकलापपनि बढेकाले प्रहरीले नयाँ तरिकाबाट अनुसन्धान गर्नुपर्ने मुख्यमन्त्री भट्टको भनाई छ । प्रहरी प्रशासनको क्षमता अभिबृद्धि तथा प्रहरीलाई आवश्यक पर्ने सामग्री सरकारले उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । जनतालाई शान्ति शुरक्षा दिने कुरामा तथा सिमा क्षेत्रमा अपराधिक क्रियाकलाप रोक्न प्रहरी सक्रिय हुनुपर्ने उनको जोड छ । साथै प्रहरी संगठनमा काम गर्ने हेपिने र हाकिमको नजिक हुनेले सधैँ संरक्षण पाउने परिपाटीपनि अन्त्य हुनुपर्ने उनको धारणा छ । पहुँचको भरमा सरुवा, बडुवा, पहुँचको भरमा अपराधि छुटाउने जस्ता क्रियाकलाप अन्त्य नहुँदासम्म संगठन नसुध्रिने उनको भनाई छ । साथै राजनितिक क्षेत्रबाट समेत अपराधि बचाउने काम रोक्न उनले सबैमा आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादूर शाहले अपराधी हाइटेकमा र शुरक्षा निकाय लो टेकमा भए शान्ति शुरक्षा तथा अमन चयन कायम हुन नसक्ने स्पष्ट पारे । युग तथा प्रबिधिको बिकास संगै हाम्रा शुरक्षाकर्मीलाई अत्याधुनिक प्रबिधिको बिकासमा अगाडी बढाउनुपर्नेमा उनको जोड छ । प्रहरीले जनताको शान्ति सुरक्षा र जनतालेपनि सादा पोसाकका प्रहरी सम्झेर सहयोग गरे पक्कै शान्ति सुरक्षा कायम हुने उनको भनाई छ । अब प्रहरीलाई अत्याधुनिक प्रबिधि, सिसी टिभी क्यामेरा तथा प्रयाप्त उपकरण दिएर भएपनि प्रदेशको शान्ति शुरक्षा कायम गर्ने मन्त्री शाहले बताए ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक तारिणि प्रसाद लम्सालले प्रहरीबाट भएको गल्तीलाई सुधारेर जनताको शान्ति शुरक्षा दिनमा प्रतिबद्ध रहने बताए । प्रहरीसंग आवश्यक उपकरण तथा सवारी साधनकै अभाव हँदा यसको सम्बोधन सरकारले गरिदिने उनको बिश्वास छ । प्रहरीलाई जनताको सहयोग रहेमा कुनै किसिमका अपराधी नउम्किने उनले दाबी गरे । कार्यक्रममा प्रदेशसभा सदस्य रतन थापा, धनगढी उप महानगरकी उप मेयर शुसिला मिश्र भट्ट, प्राध्यापक हेमराज पन्त लगायतले मन्तब्य राखेका थिए । मन्तब्य राख्ने बक्ताहरुले केही प्रहरीका कारण प्रहरी बदनाम भएकाले आचरण र बानि ब्यवहार सुधार गर्न सुझाव दिएका छन्् । दिवसमा अवससरमा देश र जनताका लागि जीवनको आहुती दिने अमर प्रहरीलाई सम्झिदै स्मारकमा माल्यार्पण गरिएको थियो ।


२५ असोज २०७६, शनिवार १४:१४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु