punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

Chaupati
safha napa

धनगढीको एक सामुदायिक वनका अध्यक्ष ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर–११ स्थित सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई घुस रकमसहित पक्राउ गरेको हो ।

उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ पार्कमोडबाट अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ । सव–डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा सोही कार्यालयका रेन्जर रामअवतार चौधरीले सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो ।

सो उजुरीपछि अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने रानालाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


३० असोज २०७७, शुक्रवार १८:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु