पाल्पामा पहिरोले दुई घर पुरिए, पाँच जना बेपत्ता

पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोे छ।

हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ महिला र २ बालिकाहरु रहेका छन्।

बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो। मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् ।

रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको बताए। घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेको छ ।


८ असोज २०७७, बिहीवार ०८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु