समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना सम्पन्न, ६ पार्टीले सिट पाउने

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल १ करोड ३ लाख ९ हजार १७ मत गणना भइसकेको छ।

पछिल्लो प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ४९ लाख ५८ हजार ८ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७६ हजार २१९ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १३ लाख ९१ हजार ५३३ मतका साथ तेस्रो स्थानमा रहेको छ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीले ७ लाख ५४ हजार २६८ मत ल्याउँदा नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ लाख ४८ हजार १७८ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २३ हजार ९७ मत पाएको छ । यी ६ दलले थ्रेसहोल्ड कटाएकाले राष्ट्रिय पार्टीको मान्यता पाउनेछन् ।

यसैगरी जनता समाजवादी पार्टी, नेपालको पक्षमा १ लाख ७० हजार ९२ मत खसेको छ। यस्तै राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६५ हजार १०० र जनमत पार्टीले ७५ हजार ७३० मत प्राप्त गरेका छन्। राष्ट्रिय मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको संयुक्त ‘चकिया’ चिन्हमा ६० हजार ५४९ मत प्राप्त भएको छ।


२६ फागुन २०८२, मंगलवार ०८:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु