कोरोना संक्रमणबाट भारतमा रेल मन्त्रीको निधन
कोरोना भाइरस संक्रमणबाट भारतीय रेल राज्य मन्त्री सुरेश अंगडीको निधन भएको छ ।
११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएका उनको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कोरोनाबाट मृत्यु हुनेमा उनी कर्नाटकका दोश्रो सांसद रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।
८ असोज २०७७, बिहीवार ०९:४३ बजे प्रकाशित













