चार वर्षीया बालिकासहित कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
कोरोना संक्रमणबाट आज देशभर थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको छ ।
महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ ।
१६ भदौ २०७७, मंगलवार १७:११ बजे प्रकाशित































