punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिपी अस्पतालमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना

Chaupati
safha napa

धनगढीस्थित सिपी अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सिपी अस्पतालमा कार्यरत २६ वर्षीया स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो।

उनी बस्दै आएको घरमा अन्यलाई संक्रमण देखिएपछि उनलाई आईसोलेसनमा राखिएको र केही दिनयता उनी अस्पतालमा नआएको अस्पतालका सञ्चालक डाक्टर सिपी पाण्डेयले बताए। उनकाअनुसार उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा बस्दै आएकी छिन्।

यसअघि धनगढीमा सेती प्रादेशिक अस्पताल र निसर्ग अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो।

 


१६ भदौ २०७७, मंगलवार १८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु