पूर्वाधार कार्यालय प्रमुख घुस रकमसहित पक्राउ
पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष अर्याल पाँच लाख ३० हजार स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।
प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रालयको परिसरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले उनलाई पक्राउ गरेको हो।
उनीबाट ५ लाख ३० हजार बरामद गरिएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।
१४ भदौ २०७७, आइतवार २०:१० बजे प्रकाशित













