punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुर्नबास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

Chaupati
safha napa

धनगढी । कञ्चनपुरको पुर्नबास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पालिकामा दोदा नदीले क्षति पुर्‍याउँदै आएको छ भने वर्षात्का समयमा डुबानलगायतका समस्याका पालिकाका नागरिक प्रभावित हुने गरेको पुर्नबास नगरपालिकाले जनाएको छ ।

विपद् तथा बाढीका बेला हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि उद्धारमा खटिने सशस्त्र प्रहरीलाई एक थान रवर बोट र दस थान ‘लाइफ ज्याकेट’लगायतका उद्धार सामग्री नगरपालिकाले उपलब्ध गराएको सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिनुभयो । उहाँले उक्त सामग्री पुर्नबासमै रहेको सशस्त्र प्रहरी बलको बिओपीलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले मङ्गलबार पुर्नबास नगरपालिकामा सीमावासीसित अन्तक्रियासमेत गरेको छ । कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालाबिच सीमा क्षेत्रमा देखिएका समस्या, लागुऔषध नियन्त्रण, तस्करी, मलखाद अभाव, सीमा विवाद तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले जनाएको छ ।

स्थानीयहरूले भारतबाट घरायसी प्रायोजनका लागि सर्वसाधारण नागरिकले ल्याउने सामान्य सामानमा धेरै दुःख दिन नहुने धारणा राखेका थिए । अखाद्य वस्तु तथा तस्करीजन्य सामग्री हो या होइन छुट्याएरमात्रै कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् । स्थानीय बजार नै बन्द हुने अवस्था सृजना भएको बताउँदै नेपालमा खोर र भारतबाट कुखुरा ल्याउनेजस्ता गतिविधिमा नियन्त्रण गर्न सशस्त्र प्रहरीले जोड दिनुपर्ने सुझाव दिएका छन् । यस्तै लागुऔषध नियन्त्रणमा जनशक्ति व्यवस्थापन गरी प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका बहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले कञ्चनपुरमा हाल चार वटा सीमा सुरक्षा पोस्ट ९बिओपी०मा नयाँ भवन निर्माण भइसकेको र आगामी वर्ष थप तीन वटा बिओपीमा नयाँ भवन निर्माण हुने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले व्यक्तिगत प्रयोजनका लागि ५०० भन्दा बढी मूल्यका सामान नल्याउन आग्रह गर्दै विवाह, पूजा वा अन्य बहानामा हुने तस्करी नियन्त्रण गरिने स्पष्ट पार्नुभयो ।

खराब नियतका सुरक्षाकर्मीमाथि तत्काल कारबाही हुने बताउँदै किसानलाई आवश्यक मल ल्याउन सहजता दिइने तर तस्करीमा संलग्नमाथि कडा कारबाही गरिने बताउनुभयो । गत वर्ष असारको तुलनामा यस वर्ष ६५ प्रतिशत राजस्व वृद्धि भएको जानकारी दिँदै पत्रकारलाई पुराना तस्बिर प्रयोग नगर्न र आवश्यक परे नयाँ तस्बिर माग्न आग्रह गर्नुभयो । सीमा विवाद समाधानका लागि दुवै देशका प्राविधिक टोलीले काम गरिरहेको र विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गरी काम भइरहेको उहाँले बताउनुुभयो । साथै, विपद् स्वयंसेवक परिचालन तथा ‘लुना एप’ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

कार्यक्रमका पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले सर्वसाधारणले दैनिक उपभोगका सामान्य घरायसी सामान भारतबाट ल्याउँदा सहज वातावरण बनाउन आग्रह गर्नुभयो । तस्करी, अखाद्य वस्तु, मदिरा तथा अन्य अवैध सामानमाथि भने कडाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले लागुऔषध पुनर्वासका लागि गम्भीर चुनौती बनेको बताउँदै केही स्थानीय युवा यसको चपेटामा परेको बताउनुभयो ।

किसानलाई मल ल्याउन सहज वातावरण बनाउन, जनप्रतिनिधिको सुझाव सुरक्षा निकायले सुन्न, वडाध्यक्षहरूसँग नियमित समन्वय गर्न पनि उहाँले सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो । सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि नगरपालिकाले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको उहाँले बताउनुभयो । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद्का समयमा पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो । रासस


३१ असार २०८३, बुधवार १३:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु