अछाममा कर्णाली नदी तर्ने क्रममा डुङ्गा पल्टिएर छोराको मृत्यु, बुबा बेपत्ता

अछाम। अछामको तुर्माखाँद गाउँपालिका–३ बल्देमा कर्णाली नदी तर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका दुई जनामध्ये एक बालकको शव फेला परेको छ । गत वैशाख ३ गतेदेखि नदीमा हराइरहेका ३५ वर्षीय पहल सिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढामध्ये बालकको शव फेला परेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी गर्ने क्रममा शनिवार घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीमा तैरिरहेको अवस्थामा नरी बुढाको शव फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थल मुचुल्कालगायत कानुनी प्रक्रियाहरू पूरा गरेको छ । बेपत्ता रहेका बुवा पहल सिंह बुढाको खोजी कार्य भने निरन्तर जारी छ । वैशाख ३ गते नदी तर्ने क्रममा अचानक डुङ्गा पल्टिँदा बुवाछोरा दुवै बेपत्ता भएका थिए ।


६ वैशाख २०८३, आइतवार १०:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु