लागू औषध सहित कञ्चनपुरमा शनिबार ६ जना पक्राउ

कञ्चनपुर।कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित लागू  एकै दिन ६ जनालाई पक्राउ गरेको छ । शनिवार बेलौरी नगरपालिका -१० सडक घाट बाट ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका -३ का २४ वर्षीय विजय गिरी, पुनर्वास नगरपालिका -७ का २१ वर्षीय अमन तामाङ र चितवन भरतपुर महानगरपालिका -१४ शिबनगरका २४ वर्षीय रोहन बिक रहेका छन् ।

विजय गिरीले चलाएको सुपप्र ०१ -०१३ प२६८१ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसेका अमन र रोहनको साथबाट २ ग्राम १९० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन र ट्रमाडोल क्याप्सुल ५ पिस बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल सहित तिनै जनालाई पक्राउ गरेको छ ।

यसैबिच पुनर्वास नगरपालिका – ५ पैसठ्ठी बिघामा स्थानीय २० वर्षीय रोहन तामाङले चलाएको प्रदेश ३–०९२ प १११ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा मोटरसाइकलको पछाडि सवार स्थानीय २२ वर्षीय वीरेन्द्र रानाको साथबाट ९ ग्राम ४३० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

शनिवार बेलुकी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले दुवै जनालाई मोटरसाइकल सहित पक्राउ गरेको जनाइएको छ ।

यस्तै कृष्णपुर नगरपालिका -९ राजघाटबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५८ मिलिग्राम सहित स्थानीय ३१ वर्षीय अनिल रानालाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


६ वैशाख २०८३, आइतवार १०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु