punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा कृषि एम्बुलेन्स सञ्चालन

Chaupati
safha napa

बैतडी। बैतडीमा मंगलवारदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ।

बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। किसानहरूले उत्पादन गरेको कृषि उपजलाई ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपक कार्कीले जानकारी दिए।

नगरपालिका र सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त लगानीमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। “किसानले नगरपालिकामा कृषि उपज ढुवानीका लागि निवेदन दिनुपर्छ। किसानले भनेकै ठाउँबाट सहुलियत शुल्कमा बजारसम्म ढुवानी गरिदिन्छौँ”, कृषि विकास शाखा प्रमुख कार्कीले भने।

कृषि एम्बुलेन्समार्फत किसानहरूले फलाएको उब्जनीलाई बजारसम्म पु¥याउन र उहाँहरूलाई आवश्यक पर्ने मल, बीउलगायत कृषि सामग्रीहरू खेतसम्म नै ढुवानी गरिने उनले बताए। यहाँका अधिकांश किसानहरू कृषि पेसामा नै आबद्ध छन्।

उनीहरूले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने नगरप्रमुख पुष्करराज जोशीले बताए। “कृषि उपजलाई बजारसम्म ढुवानी गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउन कृषि एम्बुलेन्स सञ्चालन गरेका हौँ,” नगर प्रमुख जोशीले भने। रासस


२५ चैत २०८२, बुधवार ०८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु