punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण

Chaupati
safha napa

कैलाली। धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्।

सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन्। दुवै पुल तीन करोड १५ लाखको लागतमा बनेका हुन्। पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा तटबन्ध पनि गरिएको छ। निर्माण कम्पनीेले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको इन्जिनियर देवकोटाले जानकारी दिए।

 


६ चैत २०८२, शुक्रवार १२:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु