punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा चुनाव लडेका ७५ जना मध्ये एक जनाले मात्र बुझाए निर्वाचन खर्च

Chaupati
safha napa

धनगढी।कैलालीमा चुनाव लडेका ७५ जना मध्ये मतगणना सकिएको दोस्रो दिन एक जना उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन्।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार उज्यालो पार्टी नेपालका कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका चन्द्र साउँदले सबै भन्दा पहिले आइतवारनै निर्वाचन खर्च विवरण बुझाएका हुन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार यो कार्यालयमा कैलालीभरिका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च विवरण कार्यालयमा बुझाउने छन्। सुदूरपश्चिमका अन्य जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूले भने आ–आफ्नो सम्बन्धित निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने छन्। सोही अन्तरगत खर्च विवरण बुझाउने काम भइरहेको छ।
अहिलेसम्म कैलालीमा भने एक जना उम्मेदवारको मात्रै खर्च विवरण प्राप्त भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए।


२७ फागुन २०८२, बुधवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु