punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा गर्भवतीको पिडा : अधिकांश बाटोमै बच्चा जन्माउन बाध्य

Chaupati
safha napa

बाजुरा।  बाजुराका अधिकांश ठाउँका गर्भवती महिला अहिले पनि बाटोमै बच्चा जन्माउन बाध्य छन् । ती दुर्गमका गर्भवती महिलाका लागि यहाँका पालिका तथा वडामा स्थापना गरिएका स्वास्थ्य संस्था तथा सुविधासम्पन्न अस्पताल पुग्न झन्डै चार र पाँच घण्टा समय लाग्ने भएकोले कतिपय महिलाले बाटोमै बच्चा जन्माउने बाध्यता भोग्नु परेको हो ।

भौगोलिक विकटताका कारण उनीहरूले स्वास्थ्य संस्थामा जान खोज्दा पनि त्यहाँ नपुग्दै बिच बाटोमै बच्चा जन्माउनु परेको हो । सोमबार मात्रै स्वामीकार्तिक खापर गाउँपालिका–२, फयालगाउँ भैँसेडाँडा बस्ने वर्ष २६ की डोइला भण्डारीले स्वास्थ्य संस्था नपुग्दै बिच बाटोमै छोरीको जन्म दिनुभएको छ । सोमबार बिहान भण्डारी सुत्केरी गराउन घरबाट हिँड्नुभएको थियो तर उहाँलाई बिच बाटोमै बेथा लाग्यो । उहाँ हिँडेर स्वास्थ्य संस्थामा पुग्न नसकेपछि त्यतिबेला उहाँको आफन्तले आधारभूत स्वास्थ्य केन्द्र फयालगाउँमा कार्यरत स्वास्थ्यकर्मी विष्णु रोकायालाई त्यहीँ बोलाउनुभयो । विष्णु रोकायालाई पनि भण्डारी भएको ठाउँमा पुग्न झन्डै दुई घण्टा जति समय लाग्यो । रोकायाले त्यहाँ पुगेर भण्डारीलाई स्लाइन पानी दिएपछि उहाँले बिच बाटोमै छोरी जन्माउनुभयो ।

स्वामीकार्तिक खापर गाउँपालिका–२, फयालगाउँको भैँसेडाँडामा बस्ने डोइला भण्डारीले सुत्केरी गराउनकै लागि स्वास्थ्य संस्था जाने बेलामा बाटोमा सुत्केरी भएको बताए । उनले स्वास्थ्य केन्द्रमा नपुग्दै बिच बाटोमा बेथा लाग्न सुरु भएपछि आफन्तले स्वास्थ्यकर्मीलाई फोन गरेपछि स्वास्थ्यकर्मी आएर परीक्षण गरेर स्लाइन पानी लगाएपछि आफूले बच्चा जन्माउन सफल भएको बताउनभुयो । उहाँले अहिले बच्चा र आफ्नो अवस्था सामान्य रहेको बताउनुभयो । योभन्दा पहिला पनि यहाँका दर्जनौँ गर्भवती महिलाले यसरी बाटोमा शिशु जन्माउने गरेका छन् । गत वर्षमा पनि यहाँका कमला कठायतलगायत तीन जना आमाले बिच बाटोमा शिशुको जन्म दिनुभएको थियो । केही वर्षपहिला यहाँको बुढीनन्दा–४, कुरुकी ३१ वर्षीय पानसरा रोकाया, खप्तड छेडेदह गाउँपालिका–२, काँडाकी ३२ वर्षीय उज्जली सुनार, गौमूल गाउँपालिका–३, माझपालीकी २१ वर्षीय भाग्य चदारा, हिमाली गाउँपालिका–१, बामुकी नानी रोकायाले बाटोमै बच्चा जन्माउनुभयो । हिमाली–२, नातीखोलाकी २३ वर्षीय पार्वती बुढा, स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटकी ३५ वर्षीय कार्तिका विक, बुढीगङ्गा नगरपालिका–७, सिमलकोटकी सिर्जना केसीले पनि बाटोमै शिशुको जन्म दिनुभएको थियो ।

बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि वर्षमा चारदेखि पाँच जना गर्भवती महिलाले बाटोमै सुत्केरी हुने गरेका छन् । गर्भवती महिलाका लागि सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि त्यो खासै प्रभावकारी हुन सकेको छैन । बाजुरामा भौगोलिक विकटता, गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, नियमित गर्भ जाँचको कमी, कडा परिश्रम, कम उमेरमै बच्चाको जन्म, पौष्टिक आहारको कमीलगायतका कारण यहाँका गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोखिम पर्ने गरेको छ । आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी विष्णु रोकायाले डोइला भण्डारीले बिच बाटोमा बच्चा जन्माए पनि अहिले उहाँको अवस्था भने सामान्य रहेको बताउनभुयो । स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य संयोजक पारस शाहीले पहिला यहाँका गर्भवती महिलालाई सुत्केरी गराउन कोल्टी अस्पतालमा जानुपर्ने समस्या हुन्थ्यो । अहिले पालिकाले यहाँका प्रत्येक वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना गरेसँगै त्यो समस्या नभएको बताए ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकृत नृपराज गिरीले जिल्ला अस्पताल प्रदेश सरकार र स्थानीयस्तरमा रहेका सबै स्वास्थ्य संस्था स्थानीय सरकारको मातहतमा रहेकोले त्यहाँ के भइरहेको छ कसरी सेवा दिएका छन् । भन्ने कुरा हामीलाई केही जानकारी नहुने गरेको बताउनुभयो । स्वामीकार्तिक खापर गाउँपालिका भौगोलिक रूपमा निकै टाढा रहेको छ । केही वर्ष महिला बाढीपहिरोले बस्ती उठिबास गरेसँगै अहिले यहाँका स्थानीय सुरक्षित ठाउँमा बसोबास गर्ने गरेसँगै स्वास्थ्य संस्थाबाट पनि ती निकै टाढामा रहेको स्वामीकार्तिक खापर गाउँपालिका–२ का वडाध्यक्ष विष्णुबहादुर बुढाले बताए ।


२७ फागुन २०८२, बुधवार १२:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु