punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधिसभा निर्वाचन : झुलाघाट सीमा तीन दिन बन्द

Chaupati
safha napa

बैतडी । प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित रूपमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमानालाई तीन दिनका लागि बन्द गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नाका बन्द गरिने छ। त्यसअनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म झुलाघाट नाका पूर्णरूपमा बन्द रहने छ।

बैतडीको करिब ३१ किलोमिटर सीमा भारतसँग जोडिएकोले सुरक्षा सतर्कता उच्च पारिएको छ। सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका बिओपीमार्फत निगरानी कडा गरिएको छ।

त्यसैगरी, तल्लो सोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटबाट डुङ्गामार्फत हुने आवतजावत निर्वाचन अवधिभर रोक लगाइने निर्णय गरिएको छ। यस निर्णयले निर्वाचनको समयमा शान्ति सुरक्षामा कुनै असर नपरोस् भन्ने सुनिश्चित गर्ने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो।

यसअघि सम्पन्न निर्वाचनहरूमा पनि ७२ घण्टा सीमानालाई बन्द गर्ने अभ्यास रहँदै आएको छ। अत्यावश्यक अवस्थामामा भने नेपाल–भारतबिच आपसी समन्वयमा नाका सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।


१३ फागुन २०८२, बुधवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु