punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको पुर्चौंडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

Chaupati
safha napa

बैतडी।बैतडीको पुर्चौंडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ बन्तोलीकी २७ बर्षीया मञ्जु कामी रहेकी छन् ।
शनिबार बिहान ९ बजेतिर घरबाट खर ल्याउनका लागि वनमा गएकी कामी जंगली बँदेलदेखेपछि भागेकी थिइन् । भाग्ने क्रममा भीरबाट लडेर मञ्जुको ज्यान गएको स्थानीय समेत रहेका शिक्षक नवराज जोशीले बताए ।

खरघाँस ल्याउन मृतकका छोरासमेत सँगै गएका थिए । उनी अर्कोतर्फ भागेकाले सकुशल रहेका बताइएको छ । मृतक मञ्जुको घरमा तीन छोरी र एक छोरा रहेका छन् । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा रहेका बताइएको छ ।

कलिलो उमेरमै मञ्जुको मृत्यु भएपछि उनको घरपरिवार विचल्लीमा परेको छ ।


२१ मंसिर २०८२, आइतवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु