punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गृहमन्त्री अर्यालसहित सुरक्षा निकायका शीर्ष अधिकारी धनगढीमा

Chaupati
safha napa

धनगढी।नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन्। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा मन्त्रालयका सहसचिव र उपसचिवसँगै मन्त्री अर्याल आज (सोमबार) बिहान धनगढी पुगको हुन् ।

यस्तै, आज दिउँसो गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि धनगढी पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गृहमन्त्री र सुरक्षा निकायका प्रमुख भोलि (मंगलवार) हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि धनगढी आएका हुन्। उनीहरूले आज नाका क्षेत्रमा निरीक्षणको कार्यक्रम रहेको बताइन्छ।

सुरक्षा गोष्ठीमा फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन आवश्यक तयारीका विषयमा केन्द्र र प्रदेशका अधिकारीबीच विस्तृत छलफल हुने जनाइएको छ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति–सुरक्षाको अवस्था, विद्यमान समस्या र चुनौती, अपराध नियन्त्रणका रणनीति तथा सीमा सुरक्षा सुदृढीकरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिनेछ। प्रदेशबाट तयार पारिएको सुरक्षासम्बन्धी प्रतिवेदन केन्द्रमा पेस गरिने तयारीसमेत गरिएको छ।


१५ मंसिर २०८२, सोमवार १२:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु