वडा सदस्य महिलालाई अपशब्द प्रयोग गर्ने पक्राउ
कंचनपुर, साउन ३२ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गर्ने एकजनालीई प्रहरीले पक्राउ गरेको छ ।
घरआँगनमै बसिरहेका बेला वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए ।
अपशब्द प्रयोग गरी हातपातको प्रयास गर्नेमध्येका २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए।
अर्का दीपक ओड फरार रहेकाले खोजी भइरहेको उनले बताए। रातिको समयमा मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास गरेको बुझिएको छ।
३२ साउन २०७७, आइतवार ०२:४९ बजे प्रकाशित






























