punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महालक्ष्मी बैंकको करिब ३ करोड हिनामिना गरेको आरोपमा बैंकका पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

Chaupati
safha napa

काठमाडौं ।  महालक्ष्मी बैंकको गोकुलेश्वर शाखाको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते ३५ वर्षीय सागर शाही,  शैल्यशिखर-९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका-१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले बैंकको भल्टमा रहेको नगद गैरकानुनी रुपमा भुक्तानी लिएर बैंकलाई नोक्सानी पुर्‍याएको आरोप छ ।

चार जना कर्मचारीको मिलेमतोमा बैंकलाई नोक्सानी पुर्‍याइएको भनी बैंकले जाहेरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


२६ साउन २०८२, सोमवार १०:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु