विपिन जोशीको खोजीको लागि  आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौँ । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् । विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल तर्फ लागेका हुन् ।

उनीहरूलाई नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए ।उनीहरूलाई इजरायल सरकारले नै लगेको बुझिएको छ । यसक्रममा  विपिन जोशीको खोजीको अहिलेसम्मको प्रयास बारे जानकारी दिने र इजरायली नेताह, कर्मचारी, सेनाका उच्चतहका जनरल लगायतसँग भेट गराइने बताइएको छ ।

 


२६ साउन २०८२, सोमवार ११:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु