punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो, थप २ जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौं, साउन ३१ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएसंगै मृतकको संख्या १ सय नाघेको हो । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको हो ।

मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।

यस्तै कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगपालिका–१३ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

सिराहाको बिष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको पनि कोशीमै उपचारको क्रममा मृत्यु भएको छ । नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा भेटिएको थियो ।


३१ साउन २०७७, शनिवार ०२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु