कैलाली कारागारमा कैदीबन्दीबीच झडप, एक जनाको मृत्यु 

धनगढी । कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरी रहेका छन् । चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अन्य ४० जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । मृतक चौधरीमाथि लागूऔषधको मुद्दा थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ । झडपको भित्री कारण खुलेको छैन ।


२४ साउन २०८२, शनिवार १०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु